नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा कालिका माविकी रिया गुरुङको शतक

कालिका र सिद्ध विजयी

पाेखरा | बैशाख १७, २०८१

नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा कालिका माविकी रिया गुरुङको शतक

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुमा सिद्ध मावि र कालिका मावि विजयी भएका छन् ।


पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका लागि रचना चौधरीले ४८ रन हानिन् । एलिना श्रेष्ठले ११ रन बनाइन् । लक्ष्मी माविको बलिङमा सुनिता घिसिङले २ तथा सुप्रिया गुरुङले १ विकेट  लिइन् ।


१ सय ३१ रनको लक्ष्य पाएको लक्ष्मी माविले १२.४ ओभरमा ६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । लक्ष्मीका प्रिति भट्टराईले १० तथा मोनिका जैसवालले ७ रन बनाए । सिद्धका बलर रचना चौधरीले २ रन खर्चिएर ७ विकेट लिइन् । सुसिला दिमडुङले २ रन खर्चिएर ४ विकेट लिइन् । खेलमा रचना सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।


अर्को खेलमा कालिकाले सिर्जना माविलाई १ सय ४१ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको कालिकाले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो । 


सो खेलमा कालिकाकी रिया गुरुङले प्रतियोगिताकै पहिलो शतकिय पारी खेल्दै अभिजित १ सय १ रन प्रहार गरिन् । कृष्टा तिलिजा पुनले ३६ रन बनाइन् । सिर्जनाका बलर सुस्मिता पौडेलले १ विकेट लिइन् । 


प्रत्युत्तरमा सिर्जनाको पारी ८२ रनमै समेटियो । कालिकाकी बलर श्रद्धा गुरुङले ५ तथा पूर्णिमा गुरुङ र अञ्जना सिंखडाले समान २ विकेट लिए । खेलमा प्रतियोगिताकै पहिलो शतर प्रहार गरेकी रिया गुरुङ सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्